Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

व्यापारी र उद्योगीले गलत तरिकाबाट कमाएको पूँजीलाई निरुत्साहन गरिने

व्यापारी र उद्योगीले गलत तरिकाबाट कमाएको पूँजीलाई निरुत्साहन गरिने

काठमाडौं ८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी र व्यवसायीले गलत तरिकाबाट आर्जन गरेको पूँजिलाई निरुत्साहित गर्ने बताएका छन् । सोमबार नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटबार्तामा उद्योगी र व्यवसायीलाई चेकबाट कारोवार गर्न प्रोत्साहन गर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले प्रस्तावित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तेश्रो संशोधन विधेयक, २०७६ ले उद्यमी व्यवसायीहरुलाई व्यवसाय सञ्चालनमा समस्या पर्ने भए कुन दफामा के अप्ठेरो परेको हो त्यसको स्पष्ट जानकारी प्रस्तुत गर्न परिसंघलाई आग्रह गरेका छन् । प्रस्तावित विधेयकले निजी क्षेत्रलाई समस्यामा पार्ने भए छलफलका माध्यमबाट त्यसको समाधान गर्न सकिने प्रधानमन्त्री ओलीको भनाई छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले रुग्ण उद्योगहरुलाई सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन र व्यवस्थापन गर्नको लागि निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताए । कोरोना भाइरसको कारण विदेशबाट फर्कनेहरुको लागि रोजगारीका क्षेत्र विस्तार गर्नको लागि सरकार कसरी निजी क्षेत्रसँग मिलेर अगाडि बढ्न सक्छ त्यसको स्पष्ट धारणा भएमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनले बताए ।

त्यसैगरी परिसंघका पदाधिकारीहरुले प्रधानमन्त्री ओलीलाई उद्योग व्यवसायको संरक्षण गरि अर्थतन्त्रको पुनरउत्थान गर्नको लागि विशेष नीतिगत व्यवस्था गर्न आग्रह गरेका थिए । प्रतिनिधी मण्डलले विशेषगरी कर्जाको व्याज कम गरिनु पर्ने, सम्पूर्ण कर्जाहरुको पुनरसंरचना गरिनु पर्ने, हालै प्रस्ताव गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तेश्रो संसोधन विद्येयक, २०७६ ले निजी क्षेत्रलाई उद्योग व्यवसाय सञ्चालनमा निरुत्साहित गर्ने भएकोले त्यसलाई फिर्ता लिनको लागि प्रधानमन्त्री समक्ष अनुरोधसमेत गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x