Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

श्रमिक अभावले उद्योगहरू अझै पनि आंशिक क्षमतामा सञ्चालन

श्रमिक अभावले उद्योगहरू अझै पनि आंशिक क्षमतामा सञ्चालन

काठमाडौं, ९ असार । करीब ३ महिनादेखि जारी लकडाउन हाल केही खुकुलो पारिएको छ । विस्तारै आर्थिक, व्यावसायिक एवं औद्योगिक गतिविधि बढ्न थालेका छन् । पहिलेको तुलनामा उद्योग प्रतिष्ठान सञ्चालनमा केही सहज पनि भएको छ । तर पनि श्रमिक अभावको समस्या भने समाधान हुन सकेको छैन ।
श्रमिक अभावको मारमा नेपालका खाद्य उद्योगहरू पनि परेका छन् । पूर्ण लकडाउनकै बेला पनि आंशिक उत्पादन गर्दै आएका यस्ता उद्योगले अहिले लकडाउन खुकुलो हुँदा पनि श्रमिक अभावको सामना गर्नुपरेको छ, जसले गर्दा पूर्ण क्षमतामा उत्पादन गर्न नसकिएका उद्योगी व्यवसायीले बताएका छन् ।
पूर्ण लकडाउनका बेला ४० प्रतिशत खाद्य उद्योगले करिब ३० प्रतिशत क्षमतामा उत्पादन गर्दै आएका थिए । लकडाउन खुकुलो भएसँगै उत्पादन क्षमता बढेर करीब ७५ प्रतिशत पुगेको छ ।
सामान्य अवस्थामा नेपालमा सञ्चालित खाद्य उद्योगबाट वार्षिक कुल मागको करीब ६० प्रतिशत चामल, ६२ प्रतिशत दाल र ३५ प्रतिशत तेल उत्पादन हुने गर्छ । कुल गार्हस्थ्य उत्पादनमा यस्ता उद्योगको योगदान करीब ६ प्रतिशत छ ।
दाल चामल तेल संघले उत्पादन क्षमतामा सुधार देखिएको भए पनि श्रमिक अभावको समस्या यथावत् रहेको बताएको छ । उद्योगमा काम गर्ने झण्डै ७ लाख श्रमिक भारतीय नागरिक रहेको र उनीहरू उतै रोकिएको संघको भनाइ छ । भारतीय श्रमिकको अभाव टार्न हाल विदेशबाट फर्किएका श्रमिकलाई नै उचित तालीमको प्रबन्ध गरी उद्योगमा काम लगाउन सके आफ्नै देशमा रोजगारी सृजना हुने र उद्योगको उत्पादन क्षमता पनि बढ्न सक्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x