Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्मका लागि सिद्धार्थ बैंक र एफवान सफ्टबीच सम्झौता

अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्मका लागि सिद्धार्थ बैंक र एफवान सफ्टबीच सम्झौता

काठमाडौं, ९ असार । सिद्धार्थ बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाको निमित्त ‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ । ‘क्वीक भुक्तानी’नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो ।

सम्झौताअनुसार सिद्धाथ बैंकले ग्राहकहरुलाई यस प्लाट फर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवाउपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ ।

‘क्वीकभुक्तानी’ यस्तो अनलाईन प्लेटफार्र्म हो, जसले बिभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता ९सप्लायर०हरु, ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आवद्ध बैंकलाई एकै ठाउँमा ल्याउँने बताईएको छ । सप्लायरले, यो प्लाटफर्र्र्र्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँने कम्पनीले जनाएको छ । त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x