Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

गुणस्तर तथा नापतौल विभागले गर्‍यो ६ उद्योगलाई कारबाही

गुणस्तर तथा नापतौल विभागले गर्‍यो ६ उद्योगलाई कारबाही

काठमाडौं, १३ असार । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर अनुरूप उत्पादन नगर्ने ६ उद्योगलाई कानूनी कारबाही गरेको छ । विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना संकलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतीजा नेपाल गुणस्तर अनुरूप नपाएको भन्दै कारबाही गरेको हो।
विभागले शुक्रबार रिलायन्स सुपरटेक सिमेन्ट प्रालि बारा, इन्टरनेशनल सिमेन्ट प्रालि पर्सा, एभरेष्ट ग्यास उद्योग प्रालि चाल्नाखेल काठमाडौँ, अग्नि सिमेन्ट उद्योग प्रालि रुपन्देही, सर्वोत्तम सिमेन्ट प्रालि नवलपरासी र कमला रोलिङ्ग मिल्स मोरङलाई कारवाही गरेको हो, जसमा रिलायन्स सिमेन्ट र इन्टरनेशनल सिमेन्टको इजाजतपत्र रद्द गर्नुका साथै एभरेष्ट ग्यास उद्योगको प्रमाणपत्र स्थगन गरेको राससमा उल्लेख छ ।
यस्तै, अग्नि सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कमला रोलिङ्ग मिल्सलाई स्पष्टीकरण सोधेको छ । विभागले बन्दाबन्दीको समयमा उपभोक्ता ठगी गर्ने उद्योग पहिचान गर्न केही दिन पहिला देशभरका झण्डै १०० उद्योगबाट नमूना सङ्कलन लिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x