Date

शुक्र, भदौ २०, २०८२
Fri, September 5, 2025

एनसेल ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, उत्कृष्ट तीन क्रिएटर्स छानिँदै

एनसेल ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, उत्कृष्ट तीन क्रिएटर्स छानिँदै

काठमाडाैं, २५ असार । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लिग अफ क्रिएटर्स’ प्रतियोगिताको ग्रान्ड फिनाले यही शुक्रबार असार २७ गते हुँदैछ । फिनालेबाट देशभरीबाट छानिएका उत्कृष्ट ५० जना क्रिएटर्स मध्ये उत्कृष्ट एक पुरस्कृत हुनेछ ।

निर्णायक मन्डलले आइतबार आफ्नो रिभ्यू सेसन सकाएको एनसेलले जानकारी दिएको छ । निर्णायक मन्डलमा नेपालका लागि अमेरिकी राजदुतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, चलचित्र निर्देशक सिमोस सुनुवार, एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह र अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्की रहेका छन् ।

कन्टेन्ट क्रिएसनमा लागेका विशेष गरी युवा पुस्तालाई आकर्षण गर्ने उद्देश्यसहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको हो । यस प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने क्रिएटरले पुरस्कारका रुपमा एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउने छ ।

सहभागी प्रतियोगिहरुलाई चर्चित क्रिएटरहरू तथा यस प्रतियोगिताका मेन्टरहरु सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले मार्गदर्शन प्रदान गरेका छन् । सहभागीहरुले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीतिलगायतका बारेमा प्रशिक्षण पाएका थिए ।

प्रतियोगिता संचालनको तालिका अनुसार ‘लीग अफ क्रिएटर्स’का पाँच जना मेन्टरहरुले छानिएका उत्कृष्ट ५० जनालाई मेन्टरशीप प्रदान गरिसके पछि निर्णायक मन्डलले आफ्नो रिभ्यु गरेको हो ।

चलचित्र निर्देशक सिमोश सुनुवार भन्छन्- “सबै भिडियोहरु इम्प्रेसिभ लाग्यो । प्रोफेसनलदेखि एम्मेच्योर लेभलसम्मको भएकोले केही भिन्नताहरु छन् तर केही भिडियोहरु यस्ता छन् जसले हामी सबै निर्णायक मन्डलका सदस्यहरुलाई राम्रो छाप छोडेको छ ।” उनी एक प्रखर भिजुअल स्टोरीटेलर हुन् । उनले आफ्नो सिर्जनात्मक यात्रा संगीतबाट सुरु गरेका थिए र हाल उनी चलचित्र निर्माण जगतमा व्यस्त छन् । उनले ‘रोडिज नेपाल’ र ‘शार्क ट्यांक नेपाल’ जस्ता रियालिटी सो कार्यक्रमहरुमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।

अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर भन्छन्- “म विज्ञापन निर्माणको पृष्ठभूमिबाट आएको व्यक्ति हुँ । प्रतियोगितामा सहभागी भिडियोका मौलिकता, सिर्जनात्मकता र प्राविधिक गुणस्तर देखेर म अत्यन्तै प्रभावित भएको छु । म भविष्यमा पक्कै पनि यस्ता क्रिएटरहरुसँग काम गर्न चाहन्छु ।”

दूतावासको सञ्चार कार्यलगायत शैक्षिक, सांस्कृतिक तथा आर्थिक अवसरसँग सम्बन्धित कार्यक्रम हेर्ने हार्करले केही महिना अघि इटहरी र पोखरामा आयोजित ‘क्रिएटर्स मेला’ को आयोजनामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

यसैगरी एनसेलकाे कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह भन्छिन्- “केही भिडियोहरु साँच्चै राम्रा छन् किनभने ती भिडियोहरूमा स्टोरीटेलिङ् उत्कृष्ट थिए, क्यामेरा कार्य पनि राम्रो थियो र सन्दर्भ पनि राम्रोसँग बुझेका थिए । अन्य सहभागीहरुले अझै सुधार गर्ने सम्भावना राख्छन् । मलाई आशा छ सहभागीहरुले भविष्यमा झनै उत्कृष्ट सामग्रीहरु ल्याउनेछन् ।” कन्टेन्ट क्रिएशन आजको अर्थतन्त्रमा सबैभन्दा ठूलो अवसरहरूमध्ये एक हो भन्ने कुरामा उनी दृढ विश्वास गर्छिन् ।

अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्कीले भने, “यो प्रतियोगितामा हामीले विभिन्न प्रकारका भिडियो कन्टेन्टहरु पाएका छौं । विजेताको होला भनेर म एकदमै उत्सुक छु किनभने चारजना निर्णायक मन्डलका सदस्यहरूले यी भिडियोहरूलाई विभिन्न पक्षहरू जस्तै सिर्जनात्मक पक्ष, प्राविधिक कार्यान्वयन आदि पक्षलाई लिएर मूल्याङ्कन गरेका छन् ।”

इन्फ्लुएन्सर मार्केटिङमा ८ वर्षभन्दा बढीको अनुभव बटुलेका कार्कीले रणनीति निर्माणदेखि कार्यान्वयनसम्मको नेतृत्व गर्दै १,००० भन्दा बढी इन्फ्लुएन्सरहरूसँग सहकार्य र १०० भन्दा बढी ब्रान्डहरूसँग साझेदारी गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *