Date

सोम, कार्तिक १०, २०८२
Mon, October 27, 2025

खड्काले छठ पर्वमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको महत्त्व जोड

खड्काले छठ पर्वमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको महत्त्व जोड

काठमाडाैं, १० कार्तिक । नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर खड्काले छठ पर्वले सामाजिक सद्भाव, मेलमिलाप र राष्ट्रिय एकता प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान गरेको बताएका छन्।

आज पर्वको अवसरमा शुभकामना दिँदै खड्काले भने, “छठ पर्वले सामूहिकता, अनुशासन, पारिवारिक एकता र सामाजिक मेलमिलापको भावना मजबुत बनाउँछ।”

खड्काले नेपालको विविध भाषिक, जातीय, सांस्कृतिक र धार्मिक संरचनालाई स्मरण गर्दै भने, “यहाँ मनाइने पर्वहरूले हामी सबैलाई सहिष्णुता, मेलमिलाप र राष्ट्रिय एकतामा बाँध्न मद्दत गरेका छन्। हाम्रा पर्वहरूले सामाजिक सम्बन्ध सुदृढ मात्र गर्दैनन्, राष्ट्रिय पहिचान प्रवर्द्धन गर्न र समृद्ध राष्ट्र निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेका छन्।”

उनले देश–विदेशमा रहेका सबै नेपाली नागरिकहरूमा शान्ति, खुशी र समृद्धिको कामना गर्दै छठ पर्वले सबैलाई सामाजिक सद्भाव र मेलमिलापमा योगदान पुर्‍याउन प्रेरित गर्ने आशा व्यक्त गरे।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *