Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

५ लाख १४ हजारभन्दा बढीले गरे कोरोना बीमा

५ लाख १४ हजारभन्दा बढीले गरे कोरोना बीमा

काठमाडौं, १५ असार । बीमा कम्पनीहरूले वैशाख पहिलो साता कोरोना बीमा शुरू गरेयता गत शुक्रवारसम्म ५ लाख १४ हजारभन्दा बढीले यो बीमा गराएका छन् । संस्थागत, पारिवारिक र व्यक्तिगत गरी कुल ४८ हजार ७७७ बीमालेख मार्फत उक्त संख्याका मानिसले यो बीमा गरेका हुन् । त्यसबाट रू. २८ करोड ६४ लाख बीमाशुल्क संकलन भएको छ ।
नेपाल बीमक संघका अनुसार कोरोना बीमालेख विक्री गर्नेमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । शिखरले शुक्रवारसम्म रू. ५ करोड २७ लाख बराबरको बीमाशुल्क संकलन गरेको छ भने दोस्रो स्थानमा सिद्धार्थ इन्स्योरेन्सले रू २ करोड ५५ लाख बीमाशुल्क संकलन गरेको छ ।
संघका अनुसार पुनर्बीमामार्पmत नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत व्यवसाय पाउनेछ । बाँकी रहेको ८० प्रतिशत जोखिम अर्थात् व्यवसाय भने २० निर्जीवन बीमा कम्पनीहरूलाई बराबर रूपमा विभाजन गरिनेछ । हालसम्म पाँचओटा दाबी आएको र सम्बद्ध बीमितलाई त्यसको भुक्तानी समेत गरिसकिएको संघले बताएको छ । समितिले लघुबीमा अन्तर्गत रहेर गत वैशाख ४ गते उक्त बीमालेखको खाका सार्वजनिक गरेको थियो । त्यसपछि लघुबीमा पुलमार्फत यसको कारोबार गर्दै गएको छ । त्यसको संयोजन नेपाल बीमक संघले गरेको छ भने बीमालेख इस्यु म्यानेजर शिखर इन्स्योरेन्स रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x