Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँट

एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं, २० असार । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको आईपीओ शनिवार सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।

बाँडफाँटमा सबै आवेदकले १० कित्ता शेयर पाएका छन् भने ४६ हजार ५७९ जना आवेदकले गोलाप्रथाबाट थप १० कित्ता शेयर हात पारेको कम्पनीले जनाएको छ । आईपीओ बाँडफाँट कार्यक्रम सानिमा क्यापिटलको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

कम्पनीले असार १० गतेदेखि १४ गतेसम्म कुल ४७ लाख ५५ हजार कित्ता मध्य ७४ हजार कर्मचारीहरुको लागि सुरक्षित गरी २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

आईपीओमा ४ लाख १४ हजार १८० जनाको आवेदन परेको थियो । यी मध्य योग्य आवेदक ३ लाख ९७ हजार ७४१ जनालाई शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । हाल १ अर्ब ४५ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूजी १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x