Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लगानी बोर्डको सीईओमा दर्जन आवेदन

लगानी बोर्डको सीईओमा दर्जन आवेदन

काठमाडौं, २० असार । लगानी बोर्डको रिक्त सीईओ पदका लागि १२ ओटा आवेदन परेका छन् । एक दर्जन आवेदन परेकामा त्यी मध्येबाट बोर्डका उपाध्यक्ष अर्थमन्त्री डा. युवराज खतिवडाको समितिले तीन जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिश गर्नेछ । प्रधानमन्त्रीले अध्यक्षता गर्ने बोर्डको प्रमुख कार्यकारी अधिकृत बन्नका लागि आकांक्षीका रुपमा कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक तथा चार्टर्ड एकाउन्टेन्ट संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य, पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, विशेष आर्थिक क्षेत्र (सेज) का पूर्व कार्यकारी निर्देशक चण्डिका भट्ट, लगानी बोर्डमै परामर्शदाताका रुपमा काम गरिरहेका यातायात विज्ञ आशिष गजुरेल, राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, विद्युत् नियमन आयोगका पूर्व सदस्य रामकृष्ण खतिवडा, पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशी, पूर्व सहसचिव लक्ष्मीविलास कोइराला, माछापुच्छ«े बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, प्रदेश १ लगानी प्राधिकरणका सीईओ सरोज कोइराला, त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर रमेशचन्द्र पौडेल र शेरजंग कार्कीले आवेदन दिएका छन् ।
लगानी बोर्डले जेठ ५ मा सूचना जारी गरी प्राधिकरणको सीईओका लागि आवेदन माग गरेको थियो । तत्कालीन सीईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएपछि सीईओ पद रिक्त थियो ।
अर्थमन्त्री संयोजकवको सीईओको छनौट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल र पूर्व सदस्य गोविन्द नेपाल सम्मिलित छन् । उक्त समितिले छनौट गर्ने तीन जना मध्येबाट मन्त्रिपरिषद्ले सीईओ नियुक्ति गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x