सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ वृद्धि
काठमाडौं, २३ असार । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ बढेको छ । हिजो प्रतितोला ९० हजार २ सय रुपैयाँमा खरिद विक्री भएको छापावाल सुन आज प्रतितोला ९० हजार ९ सय रुपैयाँमा खरिद विक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावि सूनको मूल्य पनि बढेको छ । तेजावि सुन हिजो प्रतितोला ७७ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ६ सय रुपैयाँ वृद्धि भई प्रतितोला ७७ हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । हिजोको तुलनामा चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले परिवर्तन आएको हो । आज चाँदी प्रतितोला ९ सय ५० रुपैयाँमा खरिद विक्री भईरहेको महासंघले जनाएको छ ।