चेम्बर र कोलकाताका लागि नवनियक्त महावाणिज्य दूतबीच भेटबार्ता
काठमाडौं, २३ असार । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र कोलकाताका लागि महावाणिज्य दुत ईश्वरराज पौडेलबीच भेटवार्ता भएको छ । चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठसहितको टोलिले नवनियुक्त वाणिज्य दुत पौडेलसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा महावाणिज्य दूत पौडेलले नेपालको समग्र हितमा आफ्नो कार्य केन्द्रित हुने बताए । त्यस्तै आफ्नो कार्यकालमा उच्च स्तरीय निकायसँगको समेत सहकार्यमा व्यापार सहजीकरण गर्ने विश्वास दिलाए । सो अवसरमा चेम्बरका अध्यक्ष श्रेष्ठले सिपिéलाइनले कन्टेनर मालिने डिटेन्सन शुल्कमा एक रुपता नभएको हुँदा सो हटाउनेतर्फ पहल गर्नुपर्ने तथा नेपालको लागि एथेस्ट रेल्वे मुभमेन्ट कार्गोको व्यवस्था हुनु पर्नेमा जोड दिन सुझाएका छन् ।
त्यसैगरी अध्यक्ष श्रेष्ठले कन्टेनर डिटेन्सन शुल्कलाई कमगर्न आवश्यक पहल गर्नसमेत अनरोध गरेका छन् । उनले चेम्बरसँग समझदारी पत्रमा हस्ताक्षर भएका करिव चार वटा चेम्बरसँग समन्वय गरी व्यापार, लगानी र कोभिडको महामारी पश्चात मेला, प्रदर्शनीमा सहभागीतामा जोड दिनु पर्ने भनाई राखे ।