Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

शेयर कारोबारमा उत्साह, १ अर्ब २१ करोडभन्दा बढीको शेयर कारोबार

शेयर कारोबारमा उत्साह, १ अर्ब २१ करोडभन्दा बढीको शेयर कारोबार

काठमाडौं, २३ असार । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) १ अर्ब २१ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लकडाउँनपछि सबैभन्दा बढी मूल्यको शेयर खरिद विक्री आज भएको हो ।

हिजो २७ लाख ३१ हजार ४ सय ९८ कित्ता शेयर ९२ करोड ७८ लाख रुपैयाँमा खरिद विक्री भएकोमा आज २८ लाख ८३ हजार ९ सय ४८ कित्ता शेयर १ अर्ब २१ करोड २४ लाख रुपैयाँमा खरिद विक्री भएको छ । त्यस्तै आज नेप्से परिसूचकमा पनि वृद्धि भएको छ । आज नेप्से ३७.९३ अंकले वृद्धि भई १३३६.६६ विन्दुमा पुगेको छ । आज १ सय ७८ कम्पनीको शेयर खरिद विक्री भएको थियो ।

९ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंगलबार ९ वटा कम्पनीको शेयर मूल्य अत्याधिक बढेर सकारात्मक सर्किट लागेको छ । आज अत्याधिक शेयर मूल्य वृद्धि मन्जुश्री फाइनान्स लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लि., नेपाल सेवा लघुवित्त वित्तीय संस्था लि., ओरेन्टियल होटल लि. र प्रुडेन्सियल इन्स्योरेन्स क.लिको भएको छ । यी कम्पनीहरुको शेयर मूल्य १० प्रतिशत वृद्धि भएर सकारात्मक सर्किट लागेको हो । त्यस्तै हिमालयन जनरल इन्स्योरेन्स क.लि. सूर्यदय लघुवित्त वित्तीय संस्था लि., समुदायक लघुवित्त संस्था लि. र सिद्धार्थ इन्स्योरेन्स लि.को प्रतिशेयर मूल्य ९ प्रतिशतभन्दा माथि बढेको हो ।
आज कारोबारमा आएका १२ समूहकै परिसूचकमा वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा होटल समूह रहेको छ । यो समूहको ८.८८ प्रतिशतले परिसूचक वृद्धि भएको छ भने निर्जीवन बीमा समूहको परिसूचक ६.३२ प्रतिशत वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x