Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

तीन पटकसम्म सर्किट लागेपछि आइतवारका लागि शेयर कारोबार बन्द

तीन पटकसम्म सर्किट लागेपछि आइतवारका लागि शेयर कारोबार बन्द

काठमाडौं, ४ साउन । कारोबारको पहिलो कार्य दिन आइतवार नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आजका लागि शेयर कारोबार बन्द भएको छ । तीन पटकसम्म सर्किट ब्रेक लागेपछि शेयर बजार बन्द भएको हो । परिसूचक १४७९.०३ बिन्दुमा पुगेको छ ।

आइतवारको पहिलो सर्किट ब्रेक कारोबार शुरु भएको ५ मिनेटमा, त्यपछिको ११ः२७ मा लागेको थियो । त्यसपछि ४० मिनेटको पछि खुलेको बजार एक मिनेटमै तेस्रो सर्किट ब्रेक लागेको थियो।

उक्त कारोबार अवधिमा १११ ओटा कम्पनीको १ लाख ८० हजार ५९६ कित्ता शेयरको रू. ६ करोड २५ लाख बराबरको शेयर किनबेच भएको छ । कारोबारमा आएका १० समूह मध्ये म्युचुअल फण्डको परिसुचक घटेको छ भने बाँकी सबै समूहको परिसुचक बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x