Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राजस्वमा लकडाउन प्रभाव : आन्तरिक राजस्व कार्यालय भरतपुरले गुमायो रू. १९ अर्ब राजस्व

राजस्वमा लकडाउन प्रभाव : आन्तरिक राजस्व कार्यालय भरतपुरले गुमायो रू. १९ अर्ब राजस्व

चितवन, ५ साउन । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा लक्ष्यभन्दा १९ अर्ब राजस्व कम संकलन गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा कार्यालयले २४ अर्ब ३७ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयलाई राजस्व विभागले रू. ४३ अर्ब ३८ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य दिएको थियो । कार्यालयका अनुसार प्राप्त लक्ष्यको ५६ दशमलव १९ प्रतिशत मात्र राजस्व संकलन भएको छ ।
कार्यालयका प्रमुख सुवप्रसाद रिजालका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा कार्यालयले रू. ३० अर्ब ३५ करोड २३ लाख १९ हजार राजस्व संकलन गरेको थियो । कार्यालयले गत आर्थिक वर्षमा आय कर रू. २ अर्ब १९ करोड ३१ लाख ६१ हजार, बहाल कर रू. ५ करोड ७९ लाख ५० हजार, ब्याजकर रू. १४ करोड ९० लाख ९५ हजार, मूल्य अभिवृद्धि कर रू. २ अर्ब ९ करोड ८४ लाख ८६ हजार, अन्तःशुल्क रू. १९ अर्ब ८६ करोड १२ लाख नौ हजार, स्वास्थ्य सेवा कर रू. १ करोड ७८ लाख ६८ हजार र शिक्षा सेवा कर रू. २ लाख ४७ हजार संकलन गरेको छ ।
कार्यालयको राजस्वको मुख्य हिस्सा अन्तःशुल्क हो । असार मसान्तसम्ममा अन्तःशुल्कमा रू. ३७ अर्ब ९४ करोड ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो । तर लक्ष्यको ५२ दशमलव ३४ प्रतिशत मात्र अन्तःशुल्क सङ्कलन भएको छ । अन्तःशुल्कमा मदिराजन्य वस्तु बिक्रीवितरण, निस्कासन र ढुवानी रोकिएकै कारण राजस्वमा मुख्य प्रभाव भएको कार्यालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x