दुई पटक सकारात्मक सर्किट लागेको शेयर बजार अन्तमा घटेर बन्द
काठमाडौं, ५ साउन । साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार घटेको छ ।
बजार खुलेको २५ मिनेटमा ५ प्रतिशतले बढेर ४० मिनेटको लागि बजार बन्द भएको थियो । पहिलो सर्किट लागेर २० मिनेट बन्द भएपछि बजार खुलेको केही मिनेटमा नै दोस्रो सर्किट लागेको हो । तर त्यसपछि खुलेको बजार क्रमश ओरालो लागेको अन्तमा १४.९० अंकले घटेर बन्द भयो ।
आज कारोबारमा आएका १२ उपसूमह मध्ये १२ उपसमूहको उपसूचकमा सुधार आएपनि अन्य सबै उपसूहको सूचक घट्यो ।
बजार घटेपनि कारोबार भने १ सय ८१ कम्पनीको २ अर्ब ८० करोड रुपैयाँ भन्दा माथिको कारोबार भयो । यूनाईटेड फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए पनि गुरासँ लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाउन पुगे ।