Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

रोकाया बने आईएमई घरमैको विजेता

रोकाया बने आईएमई घरमैको विजेता

काठमाडौं, ५ साउन । आईएमई सेवाग्राही मंगलबहादुर रोकाया ‘आइएमई घरमै’को विजेता बनेका छन् । ‘लक्की–ड्र’ मार्फत रोकाया विजेता घोषित भएको आईएमईले बताएको छ । विजेताले रू. १ लाख पुरस्कार प्राप्त गरेका छन् ।
आईएमईले कोरोना भाइरसको प्रभावलाई दृष्टिगत गर्दै घरबाहिर ननिस्किकन रेमिट्यान्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न ‘आईएमई घरमै, रू. १ लाख जितौं’ उपहार योजना शुरू गरेको थियो । गत जेठ ३१ गतेबाट शुरू भएको योजना असार मसान्तसम्म कायम गरिएको थियो ।
सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिट्यान्स वा विदेशबाट आएको रेमिट्यान्सलाई एजेन्टकहाँ गई रकम लिन सकिने भए पनि आईएमईको उक्त योजनाअन्तर्गत आप्mनो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने व्यवस्था गरेको थियो । यसबाट कोरोनाको त्रासबीच सेवाग्रहीलाई घरबाहिर निस्कन नपर्ने वातावरण बनेको कम्पनीको भनाइ छ ।
आईएमई गरिएको रकम आईएमई–पेमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई रू. १ लाख र हरेक हप्ता ५ जनालाई जनही रू. ५ हजार प्रदान गरिने गरी कम्पनीले योजना सार्वजनिक गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x