Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

महेन्द्रनगर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

महेन्द्रनगर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं, १२ साउन । मेगा बैंक नेपालले कञ्चनपुरको महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । घरजग्गासम्बन्धी कारोबार तथा राजस्व संकलन सहज तथा व्यवस्थित होस् भन्ने उद्देश्यले बैंकले मालपोत कार्यालयमा एक्टेन्सन काउन्टर विस्तार गरेको हो ।

महेन्द्रनगर मालपोत कार्यालयका प्रमुख खेमराज खत्री र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको औपचारिक रुपमा उद्घाटन गरे । बिभिन्न सरकारी कार्यालयमा एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप यसअघि महेन्द्रनगरस्थित यातायात कार्यालयमा पनि एक्सटेन्सन काउन्टर विस्तार गरेको जानकारी दिइएको छ ।

बैंकको यो ३२ औं एक्सटेन्सन काउन्टर हो । बैंकको देशभर २ सय ६ वटा शाखा र १ सय ४२ वटा एटीएम सञ्जाल छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x