Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि

काठमाडौं, १७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा २ रुपैयाँ वृद्धि गरेको छ । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २ रुपैयाँ वृद्धि गरेको हो ।

निगमले काठमाडौं उपत्यकाका लागि पेट्रोलको खुद्रा विक्री मूल्य प्रति लिटर १०४ रुपैयाँ र डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य प्रति लिटर ९० रुपैयाँ कायम गरिएको छ ।

हवाई ईन्धन तथा एल.पि.ग्याँसको मूल्य हाललाई यथावत नै राखिएको निगमले जनाएको छ । हाल कच्चा तेलको मूल्य, डलरको विनिमय दर तथा ईण्डियन आयल कर्पाेरेशनबाट प्राप्त खरिद मूल्यमा वृद्धि भएकोले पेटेल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरिएको जानकारी दिएको छ ।

यसरी तेलको मूल्य समायोज गर्दा पनि निगमलाई पेट्रोलमा प्रति लिटर १ रुपैयाँ २३ पैसा र डिजेलमा प्रति लिटर १ रुपैयाँ १५ पैसा घाटा रहेको विज्ञप्ति मार्फत जनाकारी गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x