Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सक्रिय कोरोना संक्रमितको संख्या ५३३८, आज ९३ जना डिष्चार्ज भए

सक्रिय कोरोना संक्रमितको संख्या ५३३८, आज ९३ जना डिष्चार्ज भए

काठमाडौं, १७ साउन । हालसम्म कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको भएपनि सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमण देखिएकामध्ये १४ हजार ४९२ जना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् भने ५६ जनाको मृत्यु भएको छ ।

हाल प्रदेश नं. १ मा २२५ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय छ भने प्रदेश नं. २ मा २ हजार ६६, वागमति प्रदेशमा ५७५, गण्डकी प्रदेशमा ३१३, प्रदेश नं. ५ मा ३८७, कर्णाली प्रदेशमा २९७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६७५ जनामा कोरोना भाइरस संक्रमण सक्रिय रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा पिसीआर विधिबाट ६ हजार ९९३ परिक्षण गरिएको छ । हालसम्म पिसीआर विधिबाट ३ लाख ८२ हजार ४९० परिक्षण भएको छ । आज ३१५ जनामा कोरोना भाइरस संक्रमण पृष्टि भएको छ । लकडाउन खुलेपश्चात संक्रमितको संख्या वढ्दै गएको भन्दै प्रवक्ता गौतमले सबैलाई सजग रहन अनुरोध गरेका छन् । उनले सभा सम्मेलन र पाटि आयोजना नगर्न पनि सुझाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x