Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

साताको शेयर बजार : ३.५५ अंकले घटेको बजारमा रू. ८ अर्बभन्दा बढीको कारोबार

साताको शेयर बजार : ३.५५ अंकले घटेको बजारमा रू. ८ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, १७ साउन । गत साता समग्रमा शेयर बजार ३ दशमलव ५ अंकको कमी आएको छ । साताको अन्तिम कारोबार दिन बिहीवार ७.५३ अंकले बढेर १ हजार ४३९.०६ मा रोकिएको छ । साताको पहिलो कारोबार दिन आइतवार भने बजार २२.१७ अंकले घटेको थियो ।

अघिल्लो साताको तुलनामा गत साता कुल बजार पूँजीकरण समेत घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन रू. १८ खर्ब ९८ अर्ब ९५ करोड ४० लाख रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन घटेर रू. १८ खर्ब ९४ अर्ब ५२ करोड १० लाख कायम भएको छ ।

गत साता कारोबार रकम भने अघिल्लो साताको तुलनामा रू. ४२ करोड ५६ लाख ७३ हजार बढेको छ । अघिल्लो साता रू. ७ अर्ब ५९ करोड ६६ लाख ६७ हजार कुल कारोबार भएकोमा गत साता रू. ८ अर्ब २ करोड २३ लाख ४० हजार बराबरको भएको छ । गत साता सर्वाधिक कारोबार गर्ने कम्पनीहरुमा क्रमशः नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया बैंक, एनएमबि बैंक, एनआईसी एशिया लघुवित्त, शिखर इन्स्योरेन्स, नबिल बैंक, हिमालयन डिष्टिलरी, नेको इन्स्योरेन्स र छिमेक लघुवित्त रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x