फस्र्ट माइक्रोफाइनान्सको हकप्रद फागुन १८ बाट
काठमाडौं, २९ माघ । फस्र्ट माइक्रोफाइनान्सले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । माइक्रोफाइनान्सले उक्त हकप्रद शेयर फागुन १८ गतेदेखी बिक्री खुल्ला गर्ने जनाएको छ ।
माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यस हकप्रद शेयरको बिक्री बन्द चैत्र २३ गते रहेको छ । माइक्रोफाइनान्सले उक्त हकप्रद शेयरको लागि शेयरदर्ता किताब बन्द माघ ९ गते गरेको थियो ।
यस हकप्रद शेयर निष्कासन पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ४५ करोड ६२ लाख रुपैयाँबाट बढेर ६८ करोड ४३ लाख रुपैयाँ पुग्ने जनाइएको छ । हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा माइक्रोफाइनान्सले ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।