Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

नेप्से परिसूचक १४०३.८६ विन्दुमा, शेयर कारोबार १ अर्ब माथि

नेप्से परिसूचक १४०३.८६ विन्दुमा, शेयर कारोबार १ अर्ब माथि

काठमाडौं, १९ साउन । सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक वृद्धि भएर बन्द भएको छ । गत कारोबार दिन आइतबार (हिजो) ४२.७८ अंक घटेको बजार आज ७.५९ अंक वृद्धि भई १४०३.८६ विन्दुमा पुगेको हो । हिजोको तुलनामा नेप्से परिसूचक ०.५४ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै आज १९० कम्पनीको १६ हजार ६६६ पटकको कारोबारमा ५३ लाख ४२ हजार ८५१ कित्ता शेयर १ अर्ब २९ करोड रुपैयाँमा खरिद विक्री भएको छ । सबैभन्दा बढी शेयर खरिद विक्री प्रभु बैंक प्रमोटर शेयर, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । प्रभु बैक प्रमोटर शेयरको ३४ करोड २९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ भने नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १० करोड ४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको थियो ।

२ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
सोमबार २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य वृद्धि भई सकारात्मक सर्किट लागेको हो । अजोड इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशत वृद्धि भई आजका लागि अन्तिम शेयर मूल्य ३५२ रुपैयाँ कायम भएको छ भने आरम्भ चौतारीको शेयर मूल्यमा ९.९२ प्रतिशत वृद्धि भई अन्तिम शेयर मूल्य ६५४ रुपैयाँ कायम भएको छ ।

आज कारोबारमा आएका १२ समूहमध्ये ३ समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि भएको छ । परिसूचक घट्नेमा हाईड्रोपावर समूह ०.३७ प्रतिशत, वित्त समूह ०.१३ प्रतिशत र म्यूचुअल फण्ड समूह ०.५६ प्रतिशत रहेको छ । आज सर्वाधिक परिसूचक वृद्धि होटल समूहको भएको छ । यो समूहको परिसूचक २.२२ प्रतिशत वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x