Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल बैंक लिमिटेडद्वारा नयाँ कर्जा योजनाहरु घोषणा

नेपाल बैंक लिमिटेडद्वारा नयाँ कर्जा योजनाहरु घोषणा

काठमाडौं, १९ साउन । नेपाल बैंक लिमिटेडले ५ वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ । बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ बजारमा सबैभन्दा कम ब्याजदर हुनेगरी उक्त सुविधा दिइएको बैंकले बताएको छ । घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको जानकारी बैंकले दिएको छ ।
साथै बैंकले नयाँ लघु उद्यम कर्जा, सम्बृद्घ ब्यबशाय कर्जा र घडेरी कर्जा योजनाहरु पनि शुभारम्भ गरेको छ । लघु उद्यम कर्जा तथा सम्बृद्घ ब्यबशाय कर्जा को वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बंैकिङ क्षेत्रकै न्युन ब्याजदर रहेको बैंकले बताएको छ ।
यस प्रकारका कर्जाहरु प्राप्त गर्नका लागी सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार÷व्यवसाय सञ्चालन तथा विस्तारको निमित्त रु. २५ लाख देखी रु. ९९ लाख सम्मको लागी लघु उद्यम कर्जा र रु. १ करोड देखी रु. ३ करोड सम्मको चालु तथा स्थिर पूँजी व्यवस्थापनका लागी समृद्ध व्यवसाय कर्जा उपलब्ध गराउन सकिने बताइएको छ । दुवै प्रकारका कर्जाहरु अन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पूँजीकर्जा र चालु सम्पत्ती व्यवस्थापनको लागि चालु पूँजिकर्जा प्रदान गर्न सकिनेछ । लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे ७ कार्य दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने व्यवस्था रहेको जानकारी बैंकले दिएको छ ।
घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जसको वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तिय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसिय आवश्यकता पूरा गर्न यो कर्जाको सुरुवात गरिएको बैंकको भनाइ छ । यस कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तिमा साढे दुई आना वा साढे चार धुर देखी बढीमा एक रोपनी वा डेढ कट्ठा सम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अबधि ५ बर्ष देखी २० वर्ष सम्म कायम गरिएको छ ।
यस बैंकले १८६ वटा शाखाहरु, १२५ बटा एटिएम तथा २९ बटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र चालु आ.व.भित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पुर्याई कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्य रहेको बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x