Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्य नियुक्त

ग्लोबल आइएमई बैंकको सिइओमा  बज्राचार्य नियुक्त

काठमाडौं, ३० साउन । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन्। बैंकको शुक्रबार बसेको संचालक समिति बैठकले बज्राचार्यलाई चार वर्षका लागि आगामी भदौ १ गतेदेखि नेतृत्व सम्हाल्ने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। उनी दोस्रो पटक ग्लोबल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्।

जनता बैंक गाभिएपछि उनी बैंकको नेतृत्व सम्हाल्न आइपुगेका छन्। बज्राचार्य राष्ट्र बैंकको अहिलेको नेतृत्वले समेत रुचाइएका बैंकर हुन् । यसअघि उनी चार वर्षे कार्यकाल पूरा गरेर सनराइज बैंकबाट वाहिरिएका थिए। नेपाल राष्ट्र बैंकमा २० बर्ष काम गरेका बज्राचार्य चार्टर्ड एकाउन्टेन्ट पनि हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *