निषेधाज्ञामा पनि शेयर बजार नहुँनेभो बन्द
काठमाडौं, ३ भदौ । काठमाडौं उपत्यकामा बुधबार (आज) रातिदेखि निषेधाज्ञा लागु भएपनि शेयर कारोबार भने खुल्ला रहने भएको छ । नेपाल धितोपत्र बोर्डले अनलाइन कारोबारलाई जोड दिँदै बजार खुल्ला गर्न लागेको हो ।
यस अघि चैत ११ गतेदेखि भएको लकडाउनमा शेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को चौतर्फी विरोध भएको थियो । तर, आज रातिदेखि उपत्यकामा निषेधज्ञा लागु भएपनि बोर्डले भोलीदेखि एक हप्तासम्म हुने शेयर कारोबार अनलाइनमार्फत् गर्न लगानीकर्तालाई सुझाएको छ ।
त्यस्तै थप व्यवस्था गर्नका लागि बोर्ड सञ्चालक समितिको बैठक आज ५ बजेपछि बस्ने प्रवक्ता निरज गिरीले जनाकारी दिए ।
बुधबार सबै समूहको परिसूचसँगै कारोबार रकम पनि घट्यो
आज नेप्से परिसूचक साताम्य देखिएको छ । आज कारोबारमा आएका सबै समूहको परिसूक घट्नुका सथै नेप्से परिसूचक र कारोबार रकममा पनि कमी आएको छ । गत कारोबार दिन १ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएकोमा आज ९७ करोड रुपैयाँमा सीमित हुन पुगेको छ भने नेप्से परिसूचक पनि १६.६० अंक घटेको छ ।
हिजो ५.६८ अंक वृद्धि भएको बजार आज १.१८ प्रतिशत घटेर १३९१.२९ विन्दुमा झरेको छ । १८५ कम्पनीको १६ हजार ८७५ पटकको कारोबारमा २४ लाख ७४ हजार ३२९ कित्ता शेयर ९७ करोड ६२ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य सर्वाधिक वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।