Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

१ वर्षमा १०३ अंकले बढ्यो शेयर बजार, बजार पूँजीकरणमा १४ प्रतिशत वृद्धि

१ वर्षमा १०३ अंकले बढ्यो शेयर बजार, बजार पूँजीकरणमा १४ प्रतिशत वृद्धि

काठमाडौं, ९ भदौ । १ वर्षको अन्तरमा नेपालको शेयर बजार १ सय ३ अंकले बढेको छ भने बजार पूँजीकरणमा १४ प्रतिशतको वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी वार्षिक प्रतिवेदनका अनुसार २०७६ असार मसान्तमा १२५९ विन्दुमा रहेको नेप्से परिसूचक २०७७ असारमा १३६२.४ विन्दु पुगेको छ ।

यसैगरी २०७७ असार मसान्तमा धितोपत्र बजार पूँजीकरण रू. १७ खर्ब ९२ अर्ब ७६ करोड कायम भएको छ । २०७६ असार मसान्तमा बजार पूँजीकरण रू. १५ खर्ब ६७ अर्ब ५० करोड रहेको थियो । यस्तै १ वर्ष अवधिमा कुल गार्हस्थ्य उत्पादनसँग बजार पूँजीकरणको अनुपात पनि बढेको छ । २०७६ असार मसान्तमा यस्तो अनुपात ४५.३ प्रतिशत रहेकोमा २०७७ असार
मसान्तमा ४७.६ प्रतिशत पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १४७ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र ५ अन्य समूहका रहेका
छन् । नेप्सेमा सूचीकृत कम्पनीको संख्या भने गतवर्षको भन्दा केही कम हो । २०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ७८.२ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ५.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.७ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११.३ प्रतिशत रहेको छ ।
उक्त प्रतिवेदन अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ असारसम्ममा सूचीकृत ४ अर्ब ८३ करोड शेयरको चुक्ता मूल्य रु.४७३ अर्ब ३९ करोड रहेको छ । आर्थिक वर्ष २०७६÷७७ मा रु. ३१ अर्ब ९४ करोड बराबरको डिबेन्चर, रु.२८ अर्ब १५ करोड बराबरको बोनस शेयर, रु. १३ अर्ब ६४ करोड बराबरको साधारण शेयर, रू. ५ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड, रू. ४ अर्ब ६९ करोड बराबरको हकप्रद शेयर र रू. १५ अर्ब १४ करोड बराबरको अन्य गरी कुल रू. ९९ अर्ब ३० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x