Date

शनि, असार २१, २०८२
Sat, July 5, 2025

सुनको मूल्य ७०० घट्यो, तोलाको ९७ हजार २०० मा खरिद विक्री

सुनको मूल्य ७०० घट्यो, तोलाको ९७ हजार २०० मा खरिद विक्री

काठमाडौं, ९ भदौ । मंगलबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सूनको मूल्य ९७ हजार २०० रुपैयाँ कायम भएको हो । हिजो प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावि सुनको मूल्य पनि ८३ हजार ३३५ रुपैयाँ कायम भएको छ । हिजोको तुलनामा तेजावि सुनको मूल्य ६०० रुपैयाँ कमी हो ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १ हजार ३२० रुपैयाँ तोकिएको चाँदीको मूल्य आज पनि उक्त मूल्य नै कायम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *