सुनको मूल्य प्रतितोला ४०० घट्यो
काठमाडौं, १० भदौ । स्थानीय बजारमा सुनको मूल्य दिन दिनै घट्न थालेको छ । मंगलबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा खरिद विक्री भएको सून बुधबार (आज) प्रतितोला ४०० रुपैयाँ घटेर कारोबार भइरहेको नेपाल सून चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाला सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावि सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा खरिद विक्री भईरहेको छ ।
त्यस्तै हिजोको तुलनामा आज चाँदीको मूल्य भने १० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।