एनआईसी एशिया बैंकद्वारा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न ‘सुपर सिक्स योजना’ सार्वजनिक
काठमाडौं, १० भदौ । एनआईसी एशिया बैंकले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ । कोरोना भाइरसको महामारीबाट ग्रहकलाई जोगाउँन बैंकले ‘सुपर सिक्स योजना’ ल्याएको हो ।
यो योजना अन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ्गमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा ५०० रुपैयाँसम्म रकम फिर्ता प्राप्त गर्न सक्ने छन् । यो योजना भदौ ८ गतेदेखि २७ गतेसम्म गरिएको कारोबारमा लागु हुने बैंकले जनाएको छ । यसका लागि न्यूनतम १०० सम्मको कारोबार ग्राहकले गर्नुपर्ने व्यवस्था रहेको छ ।
हाल बैकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर र ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।