एक सातादेखि सुनको मूल्य लगातर घट्दै, सातामा १ हजार ९०० घट्यो
काठमाडौं, १२ भदौ । १ लाख ३ हजार ५०० रुपैयाँसम्म मूल्य वृद्धि भई ऐतिहासिक मूल्य कायम भएको सुनको मूल्य गत एक सातादेखि घट्न थालेको छ । भदौ ५ गतेदेखि शुक्रबार (आज)सम्म सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँ घटेको छ । भदौ ५ गते प्रतितोला ९८ हजार ८०० रुपैयाँ कायम भएको सुनको मूल्य आज ९६ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत आइतबार सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम भएको थियो । त्यस्तै सोमबार प्रतितोला ९७ हजार ९००, मंगलबार प्रतितोला ९७ हजार २००, बुधबार ९६ हजार ८०० र बिहीबार ९७ हजार ६०० रुपैयाँ सुनको मूल्य कायम भएको थियो । हिजोको तुलनामा स्थानीय बजारमा सुनको मूल्य ७०० रुपैयाँ घटेको हो ।
त्यस्तै गत एक सातामा चाँदीको मूल्य पनि ३० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।