भदौ १७ देखि उडान गर्न तयारी अवस्थामा छौं : प्रवक्ता क्षेत्री
काठमाडौं, १२ भदौ । भदौ १७ बाट अन्तर्राष्ट्रिय हवाइ उडान सेवा सुरु गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण तयारी अवस्थामा रहेको प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । कोरोना संक्रमणका कारण गत चैत ११ मा लकडाउन सुरु हुनभन्दा केही दिन अघिदेखि रोकिएको व्यवसायीक हवाइ उडान भदौ १७ बाट सुरु गर्ने निर्णय सरकारले गरेको थियो ।
अन्तर्राष्ट्रिय उडानको कार्यतालिका र उडानको स्वास्थ्य मापदण्डबारे प्राधिकरणका प्रवक्ता क्षेत्रीसँगको कुराकानी :