Date

सोम, भदौ ९, २०८२
Mon, August 25, 2025

साउनदेखि भदौसम्म अटो एक्स्पो र अटो शोले गाडीप्रेमीलाई उत्साहित

साउनदेखि भदौसम्म अटो एक्स्पो र अटो शोले गाडीप्रेमीलाई उत्साहित

काठमाडाैं, ९ भदाै । यस वर्ष साउन तेस्रो हप्तादेखि नै अटोमोबाइल्स प्रेमीहरूले दशैँ–तिहार लक्षित अफरहरू पाउन थालेका छन्। साउन २१ देखि २६ गतेसम्म ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ र भदौ ३ देखि ८ गतेसम्म ‘नाडा अटो शो–२०२५’ आयोजनाले उपभोक्तालाई नयाँ मोडल र प्रविधिसँग प्रत्यक्ष परिचित गराएको छ।

पहिलोपटक आयोजना भएको नाइमा एक्स्पोमा ५० ब्राण्डका ४८ स्टलमा Jaecoo J5, Leapmotor B10, Maxus MIFA 7, Mazda CX60, KTM Adventure Series, Ather Rizta जस्ता मोडल प्रदर्शन भएका थिए। टिकट मूल्य सामान्य सर्वसाधारणका लागि २०० र विद्यार्थीका लागि १०० रुपैयाँ राखिएको थियो। राइड सेयरिङ प्लेटफर्म पठाओले ३० प्रतिशतसम्म छुट उपलब्ध गराएको थियो। एक्स्पोमा कुल आम्दानीको ५ प्रतिशत शिक्षा र अनुसन्धान फेलोसिपका लागि छुट्याइएको थियो।

यसैगरी, दशकौं लामो विरासत बोकेको नाडा अटो शो–२०२५ को १७औँ संस्करण ‘Go For More’ थिममा आधारित थियो। १ लाख ७६ हजारभन्दा बढी दर्शकले अवलोकन गरेको अटो शोमा १२५ स्टलमा Deepal eVTOL Flying Taxi, UNITREE G1 & G01 रोबोट, BYD Atto 2, Suzuki eVitara, JSW Sherp SMV 1200, Hero Xpulse 210, Geely Galaxy E5 लगायतका मोडल सार्वजनिक भएका थिए। पहिलोपटक नेपालमा Deepal eVTOL Flying Taxi र humanoid/robot dog प्रदर्शन गरिएको थियो।

नाडा अटो शोमा बैंक र वित्तीय संस्थाका स्टल पनि उपस्थित भएका कारण उपभोक्ताले वित्तीय सेवा बारे सहज जानकारी लिन पाएका थिए। तर, अटो शो अवधिमा प्रायः दिउँसो पानी परेको र पार्किङ असुविधा कायम रहेकाले केही आगन्तुकलाई समस्या परेको थियो।

दुवै कार्यक्रमले उपभोक्तालाई नयाँ गाडी र मोटरसाइकलको अनुभव दिने मात्र नभई अटोमोबाइल उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने संकेत दिएको आयोजकहरूले बताएका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *