Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बीमालेख धितोमा एक वर्षमै १२ अर्ब ७९ करोड कर्जा प्रवाह

बीमालेख धितोमा एक वर्षमै १२ अर्ब ७९ करोड कर्जा प्रवाह

काठमाडौं, १२ भदौ । नेपालका जीवन बीमा कम्पनीहरूले बीमालेख धितोमा प्रवाह गर्ने कर्जा बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्ष २०७६÷७७ मा १९ जीवन बीमा कम्पनीहरूले यस्तो धितोमा १२ अर्ब ७९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५८ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७५÷७६ मा कम्पनीहरूले ८ अर्ब ९ करोड बराबरको कर्जा प्रवाह गरेका थिए ।
सो अवधिमा बीमालेख धितो कर्जाबापत बीमा कम्पनीहरूको उल्लेख्य आम्दानी गरेको देखिएको छ । कम्पनीहरूले गत आवमा बीमालेख धितो कर्जाबाट ३ अर्ब ८५ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।
लकडाउनका कारण सर्वसाधारणको जीवनयापन प्रभावित भएसँगै बीमालेख धितो कर्जाको माग बढ्न थालेको सम्बद्ध कम्पनीहरू बताउँछन् । यस्ता कम्पनीहरूले जारी गरेको बीमालेख धितो राखेर बीमितहरूलाई निश्चित प्रतिशत ब्याजदरमा कर्जा वितरण गर्छन्, जुन लकडाउनयता बढेको जीवन बीमक संघले बताएको छ ।
बीमा गरेको २ वर्षपछि सम्बद्ध बीमा कम्पनीबाट बीमितहरूले यस्तो कर्जा पाउने व्यवस्था छ । उक्त व्यवस्था अनुसार बीमितले समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा पाउन सक्छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x