Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

समाज लघुवित्तको आईपीओ शनिबार बाँडफाँड हुने

समाज लघुवित्तको आईपीओ शनिबार बाँडफाँड हुने

काठमाडौं, १२ भदौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको आईपीओ बाँडफाँड शनिबार गर्ने तयारी गरिएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले लघुवित्तको आईपीओ भदौ १३ गते शनिबार बाँडफाँड गर्ने तयारी गरेको हो।

लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। जसमध्ये सर्वसाधारणका लागि ८० हजार ७०० कित्ताका लागि बिक्रीमा ल्याएको थियो।

लघुवित्तको आइपीओमा ५ लाख ६४ हजार १३८ जना आवेदकबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता शेयर खरिदको लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x