आइएमईको रेमिटेन्सको सुविधा वालेटबाटै पाइने
काठमाडौं, १४ भदौ । आइएमईले कोरोना महामारीलाई दृष्टिगत गरी रेमिटेन्सको सुविधा सिधै वालेटमा प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । नयाँ सुविधा अन्तर्गत स्वदेश वा विदेशबाट आएको रकम प्राप्त गर्न आइएमई पे वालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गर्नुपर्दछ । त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्ने कम्पनीले बताएको छ ।
प्रक्रिया अनुसार आफ्नो वालेट पीन दाखिला गरी आफ्नो रकमको अवस्था एकिन गर्न सकिनेछ । यदि आफूलाई पठाइएको रकम आईएमई पे एपमा नै प्राप्त गर्नुपर्ने भएको खण्डमा ‘रिसिभ’ बटम थिची आफ्नै वालेटमा प्राप्त गन सकिने जानकारी कम्पनीले दिएको छ । त्यसका अतिरिक्त ‘नियर बाइ एजेन्ट’ मा थिची आफुँलाई पायक पर्ने आइएमई काउन्टर भ्रमण गरी आफ्नो पैसा प्राप्त गर्न सक्नुहुनेछ । यी सवै सुविधा प्राप्त गर्नका लागि आइएमई पे एप डाउनलोड हुनुका साथै केवासी अध्यावधिक भएको हुनुपर्दछ । यस सम्बन्धि पूर्ण जानकारीका लागि निम्न लिंकमा जान कम्पनीले सुझाएको छ ः https://youtu.be/7vyAvHzpdT0
कम्पनीले नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत रेमिट्यान्स सेवा दिँदै आएको छ । करिव १० लाखको संख्यामा डाउनलोड भएको आइएमई पे मोबाइल एपबाट पनि अव सजिलैसँग रेमिटेन्स सेवा प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ ।