Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोरोना महामारीको प्रभाव: भारतको अर्थतन्त्र चार दशकयताकै खराब अबस्थामा

कोरोना महामारीको प्रभाव: भारतको अर्थतन्त्र चार दशकयताकै खराब अबस्थामा

काठमाडौं , १६ भदौ । छिमेकी मुलुक भारतको अर्थतन्त्र पछिल्लो चार दशक यताकै खराब अवस्थामा पुगेको छ । पछिल्लो त्रैमासिक रिपोर्ट अनुसार भारतको आर्थिक वृद्धिदर झण्डै २४ प्रतिशतले ऋणात्मक देखिएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार आर्थिक वर्ष २०२०–२१ को पहिलो त्रैमासिक अर्थात अप्रिल–जुनसम्मको अवधिमा भारतको अर्थ व्यवस्थामा २३.९ प्रतिशत गिरावट देखिएको हो । आउँदो त्रैमास (जुलाई–सेप्टेम्बर) मा पनि खासै सुधार आउने सम्भावना छैन ।

यसअघि पनि अर्थतन्त्र खराब भएता पनि अहिले जस्तो अधिक प्रभावित भने नभएको अर्थशास्त्री बताउछन ।
कोरोना भाइरस महामारीका कारण अर्थ व्यवस्था अति कमजोर बनेकोहो । कोरोना महामारिले उद्योगधन्दा अपेक्षा अनुसार चल्न सकेको छैन भने त्यस्ले गर्दा उत्पादन घटनुको साथै रोजगारीह समेत कटौती भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x