Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

कलेज अफ बिजनेश म्यानेजमेन्टमा चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई छुट

कलेज अफ बिजनेश म्यानेजमेन्टमा चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई छुट

काठमाडौं, १६ भदौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ र कलेज अफ बिजनेश म्यानेजमेन्टका बीचमा सदस्य तथा उनीहरूको नजिकका नातेदारका छोराछोरीलाई प्लस २ व्यवस्थापन संकायमा मासिक शुल्कमा शतप्रतिशत छात्रवृत्ति दिनेगरी सम्झौता भएको छ । साथै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ र बिज्हब आइटी सर्भिस प्रा.लि. बीचमा समेत सम्झौता भएको छ । उक्त सम्झौतामा संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका सदस्य बनाउने लक्ष्यअनुसार बढीमा २० प्रतिशतसम्म छूट मिल्ने गरी सदस्यहरूले अनलाइन प्लेटफर्म मार्फत कक्षा लिने व्यवस्था गरिएको छ ।
सम्झौताका बारेमा जानकारी गराउँदै कलेजका प्रिन्सिपल सिए सुमन न्यौपानेले उक्त कलेज डिल्लीबजारमा अवस्थित रहेको र युवा चार्टर्ड एकाउन्टेन्टहरूको समूहद्वारा सञ्चालनमा रहेको बताए । कलेजमा पाठ्यक्रमका अतिरिक्ति समसामयिक तथा प्राक्टिकल विधिबाट अध्यापन गराइदै आएको जानकारी उनले दिए ।
उक्त सम्झौताले सम्पूर्ण संघका सदस्यहरुलाई अहिलेको कोभिडको महामारीमा पनि घरमै बसेर अनलाइन कक्षा लिन तथा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको सदस्यता लिन समेत टेवा पुग्ने विश्वास लिएको संघका उपाध्यक्ष रमेश धितालले बताएका छन् । संघले गरेको कोभिड सर्वेको प्रतिवेदन अनुसार चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुको हितका लागि संघले कार्यहरु गरिरहेको उनले जानकारी दिए । यस्तै बैंक तथा वित्तीय संस्थाहरुसंग विनाधितोमा प्रोफेश्नल कर्जा, बिशेष बैंकिङ्ग सेवाका लागि समेत सम्झौता भएको समेत उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *