Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

५ महिनापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आज ५ वटा अन्तर्राष्ट्रिय उडान

५ महिनापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आज ५ वटा अन्तर्राष्ट्रिय उडान

काठमाडौं, १६ भदौ । गत चैत ११ गतेदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलीबाट नियमित सूचारु हुने भनिएको छ । नियमित रुपमा सुचारु हुने अघिल्लो दिन (आज) ५ वटा उडान तय भएकोमा २ वटा उडान भइसकेका छन् । नागरिक उड्डायन प्राधिकरणका अनुसार दुहाबाट २ वटा जहाज काठमाडौं अवतरण गरेका हुन् ।

त्यस्तै बाँकी ३ वटा जहाजहरु दुवई, कुवेत र चीनबाट आउँदै छन् । चीनबाट मेडिकल कार्गाे बोकेर हिमालयन एयरलाइन्सको जहाज राति आईपुग्ने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।
त्यस्तै राति १ बजे जापानको नारिताको लागि पनि उडान हुने क्षेत्रीले जानकारी दिए । भोलीबाट नियमित अन्तराष्ट्रिय उडान हुने उनको भनाई छ ।

भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको थियो । दैनिक ५०० यात्रु नकट्ने गरी नियमित उडान सञ्चालन हुने बताइएको छ । यसबीचमा विभिन्न मुलुकबाट चार्टर्ड उडान पनि सञ्चालन गरिनेछ।

नेपालमा बन्दाबन्दी शुरु भएपछि चैत ११ यता कुनै पनि व्यावसायिक उडान भएका थिएनन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x