आर्थिक तथा सामाजिक रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण
काठमाडौं १९ भदौ । संविधानले परिकल्पना गरे अनुसार आर्थिक र सामाजिक रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण हुने हुने जानकारहरुको भनाई छ । नेपाल सहकारी पत्रकार समाजले १० औं स्थापना दिवसको अवसरमा आयोजना गरेको भर्चुअल कार्यक्रममा सहभागीहरुले सहकारीले आफ्ना सदस्यको आर्थिक समाजिक रुपान्तरणमा सघाउनु पर्ने बताएका हुन् ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सबल अर्थतन्त्र निर्माणका लागि सहकारीलाई महत्वपूर्ण साझेदारको रुपमा स्थापित गर्न मन्त्रालय क्रियाशील रहेको बताए । सहरमा रहेका सहकारीको मात्रै कुरा सुन्ने र त्यसको अनुभवको आधारमा नकारात्मक वा सकारात्मक प्रचार प्रसार भयो की भन्ने गुनासो आउने गरेको उनको भनाइ छ ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारीले देशमा गरिबी न्यूनिकरण र सामाजिक रुपान्तरणमा महत्वपूर्ण काम गरेको दाबी गरे । सहकारीले विकसीत देश निर्माण गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।
सहकारीको क्षेत्रमा तथ्यांक अभाव भएकाले तथ्यांक मिलाउने काम सरकारी निकायले गर्नुपर्ने कंडेलले बताए । सहकारी अभियान सरकारको परिपुरकको रुपमा काम गरेको उनको भनाइ छ ।
उनले सहकारी संस्था धेरै संख्यामा भएका कारण कोरोनाका बेला पास लिन समस्या भएको भन्दै उपत्यकामा कारोनाको संक्रमण बढेको भन्दै आफू पनि यसबाट बच्दै अघि बढ्नु पर्ने बताए ।
राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीलाई प्रविधितर्फ जानको लागि आवश्यक गृहकार्य गरीरहेको बताए । सहकारी पनि अब २१ औं शताब्दी अनुसार चल्नको लागि प्रविधिमा जान अत्यावश्यक भइसकेको उनको भनाइ छ ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीलाई सुसाशनमा ल्याउने काममा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण भएको बताए ।