Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

धानको पकेट क्षेत्रमै मल अभाव

धानको पकेट क्षेत्रमै मल अभाव

विवेक नगरी
धनगढी, २१ भदौ । धान उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको कैलालीका अधिकांश किसानले रोपाइँपछि युरिया मल हाल्न पाएका छैनन् । रोपाइँपछि सबैभन्दा पहिला युरिया मल आवश्यक पर्छ । तर, सुदूरपश्चिममा सरकारी अनुदानको मल बिक्री गर्दै आएको धनगढीस्थित कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेशनले जेठयता युरिया मल बिक्री गरेका छैनन् । युरिया मल नहुँदा कृषि सामग्रीको गोदाम जेठदेखि र साल्ट ट्रेडिङको गोदाम वैशाखदेखि रित्तो छ ।

अवैध आयात रोकिएपछि झन् समस्या
नेपालमा मल नपाउँदा यसअघि कैलारी, भजनीलगायत सीमावर्ती क्षेत्रका किसान सीमावर्ती भारतीय बजारबाट अवैध रूपमा मल ल्याएर प्रयोग गर्थे । तर, यस वर्ष कोरोनाका कारण नाका सिल हुँदा भारतबाट समेत आयात बन्द भएपछि कैलालीमा युरिया मल चरम अभाव भएको हो । डिएपीको भने अभाव नरहेको कृषकहरूको भनाइ छ ।

विगतमा प्रतिबिघा ४५–५५ क्विन्टल धान उत्पादन गर्दै आएका कैलारी–७ भुइयाफाँटाका किसान बलराम चौधरी यस वर्ष उत्पादन आधा घट्ने बताउँछन् । मल अभावले बोट हुर्कन नपाएको उनले बताए । ‘प्रांगारिक मल हाल्न सकिएन, रासायनिक मल पनि भएन धान राम्रो फल्दैन ।

करिब ३० प्रतिशत मलको आपूर्ति गर्ने अर्को निकाय साल्ट ट्रेडिङ धनगढीले चैत र वैशाखमा करिब एक हजार ६ सय मेट्रिक टन मल बिक्री गरेको छ । युरियाकै काम गर्ने एमोमिया सल्फेट नौ सय ६२ मेट्रिकटन बिक्री गरिएको प्रमुख केशवराज पाण्डेयले जानकारी दिए । चैत–वैशाखमा बिक्री गरिएकोमध्ये अधिकांश मल किसानले मकै र बेर्नामा प्रयोग गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x