कालिका माइक्रो क्रेडिटको मुल्य समायोजन
काठमाडौं, ६ फागुन । नेपाल स्टकएक्सचेन्जले कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको मुल्य समायोजन गरेको छ । बोनस प्रयोजनका लागि कालिका माइक्रो क्रेडिटको मुल्य समायोजन गरिएको हो ।
कालिका माइक्रोले २१.२१२१ प्रतिशत बोनस शेयर दिने भए पछि नेप्सेले उसको प्रति शेयर १३५३ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेका अनुसार कालिका माइक्रोको शेयर आधार मुल्य १०९५ रुपैयाँ रहेको छ । कालिका माइक्रोले बोनस शेयरसंगै ९ लाख २१ हजार रुपैयाँ कर तिर्नका लागि नगद लाभांश समेत दिने भएको छ ।
कालिका माइक्रो क्रेडिटले फागुन ६ देखी १९ गतेसम्म शेयर दर्ता किताब बन्द गर्ने भएको छ । कालिकाले फागुन १९ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ ।