Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नेपाल दीगो आधारबिना विकसोन्मुख राष्ट्रमा स्तरोन्नती नहुने

नेपाल दीगो आधारबिना विकसोन्मुख राष्ट्रमा स्तरोन्नती नहुने

काठमाडौं, ७ फागुन । विकासोन्मुख राष्ट्रको रूपमा स्तरोन्नती हुन दीगो आधार तयार नभएको भन्दै नेपालले स्तरोन्नति नगर्न नेपालले सयुक्त राष्ट्र संघमा आग्रह गरेको छ । हाल अतिकम विकशित मुलुकको सूचीमा रहेको नेपालले तत्काल स्तरोन्नती हुने अवस्था आइनसकेको राष्ट्रसंघको उच्चस्तरीय वैठकमा आफ्नो धारणा पेस गरिसकेको छ।
अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुन आवस्यक सूचकमा नेपाल सक्षम देखिए पनि त्यसको दिगो आधार तयार भइनसकेको योजना आयोगका निवर्तमान उपाध्यक्ष डा। स्वर्णिम वाग्लेको बताए।
स्तरोन्नतिका लागि तीनओटा प्रमुख आधारहरुमा मानवपुँजी, आय र आर्थिक जोखिमजस्ता विषयलाई आधार बनाइन्छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको आर्थिक तथा सामाजिक परिषद्ले मूल्यांकन महासभामा पेश गरेपछि महासभाले स्तरोन्नति भएको घोषणा गर्छ । अहिले ४८ मुलुकहरु अतिकम विकसित राष्ट्रको सूचीमा छन् ।
सन् १९७१ देखि हालसम्म पाँच वटा मुलुकमात्र यो सूचीबाट स्तरोन्नती भएका छन्।
प्रत्येक तीन वर्षमा हुने अति कम विकसित तथा भुपरिवेष्ठित राष्ट्रका लागि राष्ट्रसंघीय उच्चस्तरीय प्रतिनिधि संस्थाले प्रत्येक ३र३ वर्षमा सूचीमा हेरफेर गर्छ। सन् २०१५ मा भएको यस्तो समिक्षा यही मार्च १६ देखि हुने भएको छ। नेपाल आफैं भने सन् २०२२ सम्म स्तरोन्नती हुने घोषणा गरिसकेको छ। मानव विकास सूचकांक र आर्थिक जोखिम सम्बन्धि सूचकमा विकसोन्मुख मुलुकको मापदण्ड पुरा गरिसकेकोले नेपाल प्राविधिक रुपमा स्तरोन्नति भइसकेकको बताइएको छ । यद्यपि आयको हिसाबमा भने नेपाल अझै धेरै पछाडी छ । आगामी मार्चमा हुने समिक्षामा नेपाललाई स्तरोन्नती गर्ने सम्भावना पनि रहेको विज्ञहरु बताउँछन् । पूर्व अर्थसचिव रामेश्वर खनालले स्तरोन्नति नगर्न आग्रह गर्नु गलत भएको बताए ।
विकासोन्मुख मुलुकमा रूपान्तरण हुनको लागि प्रतिव्यक्ति आय १२०० अमेरिकी डलर, ह्युमन एसेट्स इन्डेक्स ६६ माथि र इकनोमिक भ्लनेराविलिटी इन्डेक्स ३२ तल हुनुपर्ने छ। अमेरिकी डलर, ह्युमन एसेट्स इन्डेक्स ६८।७ र इकोनोमिक भ्लनेराविलिटी इन्डेक्स २६ छ भने प्रतिव्यक्ति आय ८६५ अमेरिकी डलर रहेको छ ।
कुनै पनि तीन इन्डेक्समा दुई वटामा तोकिएको लक्ष्य पुरा गरेमा विकासोन्मुख राष्ट्रमा स्तरोन्नती हुने राष्ट्रसंघको व्यवस्था छ र राष्ट्रसंघका अनुसार नेपाल प्राविधिक रुपमा स्तरोन्नति भइसकेको छ । यद्यपि नेपाली अधिकारीहरुले भने राष्ट्रसंघले पुरा भएको भनेर मानेका कतिपय सूचकका मानक नै दिगो र भरपर्दो नभएको बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x