योजना आयोगका उपाध्यक्ष वाग्लेले राजीनामा दिए, यी हुन उनको कार्यकालमा भएका कामहरु ?
काठमाडौं, ६ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्ले पदबाट राजिनामा दिने भएका छन् । उनले राष्टिय योजना आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी राजीनामा बुझाउने जानकारी दिएका हुन ।
उनी शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ६ महिना अघि आयोगको उपाध्यक्षमा नियूक्त भएका थिए । निर्वाचनबाट प्राप्त जनदेशका आधारमा बामगठबन्धनको तर्फबाट एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेपछि पदबाट राजनीनामा दिन लागेका हुन ।
उनले आफ्नो कार्यकालमा राष्ट्रय योजना आयोगको संरचना सुधारका लागि राष्ट्रिय नीति तथा योजना आयोग गठन आदेश तर्जुमा गरि स्विकृतीका लागि मन्त्री परिषद्मा पठाइएको जानकारी दिए । साथै संरचना सुधारसँगै आयोगले मुलुकको दीर्घकालिन विकासको खाका, तथ्यमा आधारित नीति निर्माण, अनुगमन तथा मूल्यांक, सहकार्यात्मक संघीयता सहित पूर्वाधार, व्यापार, रोजगारी लगायतको मोडालिटि पनि तयार पारिएको जनाइएको छ । जसबाट मुलुकको आर्थिक सामाजिक विकासमा थप मदत पुग्नुका साथै नवगठित प्रदेश र स्थानीय सरकारलाई आफ्नो आवधीक योजना र बजेट निर्माणमा समेत सघाउ पुग्न जाने उपाध्यक्ष वाग्लेले जानकारी दिए ।