Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

बैंकिङ जनशक्ति विकासमा कामना सेवा र क्वेस्ट कलेजले सहकार्य गर्ने

बैंकिङ जनशक्ति विकासमा कामना सेवा र क्वेस्ट कलेजले सहकार्य गर्ने

काठमाडौं, ३१ भदौ । कामना सेवा र क्वेस्ट इन्टरनेशनल कलेजबीच दक्ष जनशक्ति निर्माण सम्बन्धी समझदारी गर्ने सम्झौता भएको छ। बैंक र क्वेस्ट कलेजबीच बैकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणको लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र कलेजको तर्फबाट प्रिन्सिपल उदय राज पौडेलले हस्ताक्षर गरेका छन् ।

बैंकले हाल देशका विभिन्न स्थानमा १ सय २४ वटा शाखाबाट सेवा दिदै आएको छ । नौ सय बढी कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

त्यस्तै, हाल कलेजमा सात सय बढी विद्यार्थी अध्यनरत छन् । समझदारी अनुसार कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीको व्यवस्थापन तथा कार्य क्षमता, दक्षता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्ति गर्ने अवसर प्रदान गर्ने क्रममा क्वेस्ट कलेजले अध्यापन, अनुसन्धान तथा तालिम मार्फत उक्त लक्ष्यमा योगदान पुराउने र कामना सेवा बैंकले क्वेस्ट कलेजका विद्यार्थीलाई इन्टरशिपको व्यवस्था गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x