Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष अग्रवालले लिए पद तथा गोपनीयताको शपथ

प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष अग्रवालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, ३१ भदौ । निर्जीवन बीमा कम्पनी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । केही दिनअघि बसेको सञ्चालक समिति बैठकबाट अध्यक्षमा नियुक्त भएका अग्रवालले नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अध्यक्ष अग्रवाल व्यावसायिक घराना विशाल ग्रुपसँग सम्बन्धित छन् । गत शुक्रवार सम्पन्न कम्पनीको १८औं साधारणसभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी विशाल अग्रवाल, अर्पित अग्रवाल, अमित अग्रवाल र विबेक बिजुक्छेंलाई सञ्चालकमा निर्वाचित गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x