Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

मुक्तिनाथ विकास बैंकद्वारा इ–टेलर सेवा सुरु

मुक्तिनाथ विकास बैंकद्वारा इ–टेलर सेवा  सुरु

काठमाडौं, २ असोज । मुक्तिनाथ विकास बैंक लिमिटेडले इ–टेलर सेवा सञ्चालनमा ल्याएको छ । बैंकले कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा ग्राहकले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी इ–टेलरको सुरुवात गरेको हो । उक्त सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेका हुन् ।

इ–टेलरमार्फत् ग्राहकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग(इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने छन् । यो सेवा बैंकका सबै शाखा कार्यालयहरुमा उपलब्ध हुने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x