लकडाउन अवधिमा १७८ किमी सडक र ८९ वटा मोटरेबल पुल निर्माण
काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनमा पनि विकास निर्माणलाई यथासक्य निरन्तरता दिइएको बताएका छन्। संविधान दिवसका दिन टुँडिखेलमा आयोजित कार्यममा उनले यस्तो बताएका हुन ।
ुलकडाउन अवधिमा १७८ किमी सडकलाई कालोपत्रे गरिएको र ८९ मोटरेवल पुल निर्माण भएको उनले जानकारी दिए । भुकम्पबाट भत्किएका ५३ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण भएको प्रधानमन्त्री अोलीले बताए ।
कोरोना महामारी नभएको भए भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसक्ने, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन सुरु भएको हुने र मेलम्चीको पानी आउन थालेको हुने दाबी प्रधानमन्त्रीले गरे ।
उनले कोभिड–१९ का कारणले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको तर आफूहरूले यस प्रतिकूल अवस्थाको छिट्टै अन्त्य गर्ने उनले बताए।