विश्व बैंकद्वारा वित्तिय क्षेत्र स्थायित्वका लागि २० करोड अमेरिकी डलर सहयोग
काठमाडौं, ४ असोज । विश्व बैंकले कोभिड–१९ को प्रभावग्रस्त वित्तिय क्षेत्रको स्थायित्व एवं उत्थानशीलताका लागि २० करोड अमेरिकी डलर अर्थात् झण्डै २४ अर्ब रुपैँया बराबर सहयोग प्रदान गरेको छ । यो सहयोगले नेपाली अर्थतन्त्र पुनस्र्थापनाको मार्गमा सहयोगी हुने विश्व बैंकले जनाएको छ ।
‘कोभिड–१९ को सन्दर्भमा सबैभन्दा पहिलो त मानिसहरुको जीवनको सुरक्षा पहिलो प्राथमिकता हो, यससँगै अर्थतन्त्रलाई गति प्रदान गर्नुपनि उत्तिकै र अत्यावश्यक छ,’ विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने , ‘यसले नेपालको पुँजी बजार, बीमा बजार र वित्तिय क्षेत्रलाई सशक्तिकरणमार्फत् कोभिड–१९ को प्रभावबाट बाहिर आउन प्रभावकारी योगदान गर्नेछ ।’
आर्थिक वृद्धिका लागि वित्त कार्यत्रलमले महामारीको असरमा वित्तिय क्षेत्रका जोखिमलाई सुपरिवेक्षण गर्न सहयोग गर्नेछ । यो कार्यक्रमले नियामकीय सुधारमार्फत् नेपालमा पुँजी बजार, बीमा बजार, भेञ्चर क्यापिटल, स्वपुँजी लगानी तथा वित्तिय बजारमा प्रकोपका जोखिम न्यूनीकरणमा मद्दत पु¥याउनेछ । यसले नयाँ लगानीका अवसरहरुका साथै निजी क्षेत्रको लगानीका लागि स्रोत उपलब्धतासहितको आकर्षण प्रदान गर्नेछ ।
यसका साथै घरपरिवारमा वित्तिय सेवा पु¥याउन, महिला र विभिन्न फर्महरुलाई नियामकीय र सेवा प्रवाहमा सुधार साथै प्रविधिको उपयोगका माध्यमबाट सहयोग प्रदान गर्नेछ । बाह्य मुलुकबाट आउने स्रोतको उपलब्धता बढाउने, डिजिटल सेवाहरु तथा क्रेडिट पूर्वाधार र जागरण कार्यक्रममार्फत् यसले परिवर्तन ल्याउने योजना बनाएको छ ।
कोभिड–१९ पछिका विद्यमान सामाजिक –आर्थिक समस्या समाधानका लागि वित्तिय क्षेत्रमा सरकारका मुख्य सुधारका अभियानलाई सहयोग गर्दै डिजिटल सेवा र सार्वजनिक खर्चमा परिपूरकको रुपमा निजी लगानी आकर्षित गर्नेमा यो कार्यक्रम सहयोगी हुने प्रोजेक्ट टास्क टिम लिडर पिटर मोस्लेको भनाइ छ ।