Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

तनहुँ जलविद्युत्को २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण शुरू

तनहुँ जलविद्युत्को २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण शुरू

तनहुँ, ४ असोज । तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरू भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण शुरू भएको हो । प्रसारण लाइन निर्माणका लागि शुरुको टावरको जग खनेर कार्य शुरुआत गरिएको तनहुँ जलविद्युत् आयोजनाका साइट प्रमुख अच्युत घिमिरेलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

घिमिरेका अनुसार दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । सो कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । ‘प्रसारण लाइन निर्माणका लागि शुरूको टावरको जग खनेका छौं,’ अब कामलाई तीव्रता दिन्छौं,’ घिमिरेले भने । उनका अनुसार प्रसारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइनको काम केही अगाडि नै शुरु गर्ने लक्ष्य राखिएको भए पनि कोभिड–१९ को प्रभावका कारण काममा ढिलाइ भएको हो ।

प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । घिमिरेका अनुसार प्रसारण लाइन निर्माणका लागि आवश्यक टावरहरु भारतीय सिमानामा आइसकेको छ । हिउँदको समय शुरु भएकाले काम गर्न सहज हुने विश्वास लिइएको घिमिरेको भनाइ छ ।

आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि ‘केवल टनेल’ खन्ने काम शुरु गरेको थियो । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८.९० मेगावाट र बर्खायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । कूल १४० मेगावाट क्षमताको आयोजनाको लागत ५०५ मिलियन अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x