Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

मेगा बैंक नेपालले नबिकेको हकप्रद शेयर असोज ११ गतेदेखि लिलामीमा विक्री गर्ने

मेगा बैंक नेपालले नबिकेको हकप्रद शेयर असोज ११ गतेदेखि लिलामीमा विक्री गर्ने

काठमाडौं, ४ असोज । मेगा बैंक नेपालले नबिकेको हकप्रद शेयर असोज ११ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता संस्थापक शेयर र ७ लाख ७ हजार ३९४ दशमलव ९३ कित्ता सर्वसाधारण शेयर लिलामी गर्न लागेको हो ।

लिलामी शेयरमा असोज १८ गतेसम्म आवेदन दिन सकिने छ । शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । एकै ब्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीद गर्न चाहेमा भिन्दाभिन्दै शिलबन्दी आवेदन दिनुपर्ने कम्पनीले बताएको छ ।

शेयर खरदको लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम १ लाख कित्तासम्म दरखास्त दिन सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x